IME Life New

नेप्से १० दशमलव ६२ अंकले घट्दा ४५ करोडको कोरोबार, सबै भन्दा बढी कारोबार नेपाल लाइफको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको पहिलो दिन  १० दशमलव ६२ अङ्कले घटेर १२०४ दशमलव ५४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

होटल, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव २१ प्रतिशतको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै मल्टि प्रपोज फाइनान्सको सेयरमा ९ दशमलव ४३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा कावेलि बिकास बैंकको शेयर ९ दशमलव ४४ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५१ प्रतिशतले बढेको छ भने ५ हजार ८ सय २५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८३ प्रतिशतले घटेर ६ हजार २ सय ५५ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको १३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS