IME Life New

नेप्से परिसूचक आईतबार १६.६९ अंकले घटेर ११६३ को विन्दुमा, आज निर्जीवन र जीवन बीमा उपसुचकमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पहिले दिन आईतबार १६ दशमलव ६९ अङ्कले घटेर ११६३ दशमलव ६९ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड २ लाख पुगेको छ ।
आज सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादनमूलक क्षेत्रको परिसूचक सबै भन्दा धेरै २ दशमलव ९५ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै ट्रेडिङ क्षेत्रमा वृद्धि भएको छ । ट्रेडिङ क्षेत्रको परिसूचक १ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ । आज ट्रेडिङ क्षेत्र र होटल क्षेत्रकोे उपसुचकमा मात्र आज वृद्धि देखिएको छ ।

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको  ३ करोड ७१ लाख बराबरको शेयर किन बेच भयो।
आज सबै भन्दा धेरैे आरम्भ माईक्रोफाईनान्सको सेयरमा ३.८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मल्टिप्रपोज फाईनान्सका शेयरमा १० प्रतिशतले घट्न पुग्यो।
आज निर्जिवन बीमा कम्पनीको उपसूचक १ दशमलब ८४ प्रतीशतले घटेको छ ,भने ५ हजार ६ सय ५० को विन्दुमा कारेबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ३ दशमलव ३५ प्रतीशतले घटेर ५ हजार ५सय ७८ विन्दुमा पुगेको छ ।
आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३ करोड १० लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ५ करोड ६१ लाख बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन निर्जीवन बीमा र जीवन बीमा कम्पनिहरुको उपसुचकमा गिरावट आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS