IME Life New

नेप्सेले माग्यो नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई तीन दिने स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई तीन दिने स्पष्टिकरण माग गरेको छ । सम्बन्धीत नियकालाई जानकारी नगराई कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश बाड्ने र ३० मिलियन डलरको बण्ड ल्याउने विषयमा एक अनलाइन मिडियामा समाचार वा जानकारी दिएको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण माग गरेको हो ।

नेप्सेले बैंकलाई ३० मिलियन डलरको बण्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने विषय के हो , यसमा सत्य तथ्य के भएको हो , रणनीतिक साझेदार भित्र्याउन को सँग के कस्तो छलफल गरेको हो , बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने विषय के कति सत्य हो , इन्स्योरेन्स कम्पनीले खरिद गर्ने बण्ड जारी गर्ने विषयमा के कति मात्रामा छलफल अघि बढाइएको हो के कस्तो सत्य हो र कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता कुरा त्रितोपत्र मुल्यमा प्रभाव पार्ने कुरा सम्बन्धीत निकायममा नआई के कति कारणले यस्तो प्रचार गरिएको हो भनी नेप्सेले तीन दिनको समय राखी स्पष्टिकरण सोधेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS