IME Life New

नेप्सेले तीन ब्रोकर सँग माग्यो स्पष्टिकरण, ७ दिन भित्र जवाफ दिन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले तीन ब्रोकर कार्यालय सँग स्पष्टिकरण माग गरेको छ । ग्राहकको अज्ञानताका कारण भएको त्रुटीलाई लिएर नेप्सेले सुमेरु सेक्युरिटीज, त्रिशक्ति सेक्युरिटीज र नासा सेक्युरिटिजलाई ७ दिन भित्रमा कारवाही किन नगर्ने भन्दै जवाफ पेश गर्न निर्देशन दिएको हो ।

नेप्सेले सुमेरुलाई पत्र काट्दै ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको हुँदा धितोपत्र बजार सदस्यता कारोबार विनियमावली २०५५ को विनियम १२ एक झमा उल्लेखित प्रावधान अनुसार सदश्यले गर्न नहुने भनि तोकिएको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुँदा सोही विनियमावलीको विनियम ७ दुई बमोजिम किन कारबाही नगर्ने ? भन्दै नेप्सेले अवको ७ दिन भित्रमा जवाफ पेश गर्न निर्देशन दिएको छ ।

Esewa
Crest

त्यस्तै त्रिशक्ति सेक्युरिटिजलाई ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरण अनलाइन रजिष्ट्रेसनबाट नेप्सेको टिएमएस मा प्रविष्टि गरेको र सदश्य दालले युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त भए पछि नेप्सेले झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्ट गरी कसुर गरेको नेप्सेको ठहर छ ।

नासा सेक्युरिटिजले पनि ग्राहक पहिचान फारमबाट ग्राहक विवरण टिएमएसमा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटी हनगई बाजेको नाम प्रविष्ट गर्नुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटी थाहा हुने वित्तीके सच्याएको पाइएको छ । सो सम्बन्धमा गलत विवरण प्रविष्ट गर्ने तथा नेप्सेबाट सो सम्ब्नधी स्ष्टीकरण सोधे पश्चात पूर्व जानकारी नगराई सच्याइ धितोपत्र बजार सदश्यता तथा कारोबार विनियमावली अनुसार किन कारबाही नगर्ने भन्दै नेप्सेले ७ दिन भित्रमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

a76d667153904e410bcde7e5c9723ea7

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS