IME Life New

नेप्सेले कस्ता कम्पनीलाई मार्जिन कारोबारयोग्यको मान्यता दिन्छ ? यस्ता छन् मापदण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालै मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको छ। जसमा १९ वटा बीमा कम्पनीसहित १०२ वटा कम्पनी मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा परेका छन्।

नेप्सेले माघ १५ गते सार्वजनिक गरेको मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा ९ वटा जीवन बीमा, ९ वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी परेका छन्। सूचीमा १६ वटा वाणिज्य बैंक, ६ वटा राष्ट्रियस्तरका विकास बैंक, एउटा फाइनान्स कम्पनी, ३३ वटा लघुवित्त संस्था, लगानी समूहका ४ वटा, उत्पादन समूहका ३ वटा, जलविद्युत समूहका १५ वटा, होटल समूहका २ वटा र अन्य समूहबाट दुईवटा कम्पनी परेका छन्।

Esewa
Crest

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ मा तोकिएको मापदण्डअनुसार ती १०२ वटा कम्पनीले मार्जिन कारोबारयोग्य मानेको हो। यी कम्पनीमा लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउँछन्।

कार्यविधिको कम्तीमा १० हजार शेयरधनी भएको कम्पनीलाई मार्जिन कारोबारयोग्य मान्न सकिने प्रावधान रहेको छ।

यसैगरी मार्जिन कारोबारयोग्य हुन कम्पनीको खुद सम्पत्ति चुक्तापुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेका हुनुपर्ने मापदण्ड कार्यविधिमा तोकिएको छ।

मार्जिन कारोबारयोग्य सम्बन्धी सर्तहरु बोर्डको स्वीकृति लिई नेप्सेले समय–समयमा हेरफेर गर्न सकिने प्रावधान पनि राखेको छ। योग्य कम्पनीहरुको शेयरमा मार्जिन कारोबार सुविधा प्रदान गर्न ब्रोकरहरु गर्न बाध्य नहुने व्यवस्था पनि कार्यविधिमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS