IME Life New

नेप्सेलाई मालामाल बनाउँदै सीडीएससी, १००% लाभांश दिने, अब शेयर स्वामित्व भने घट्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले आफ्नो सतप्रतिशत शेयर स्वामित्व ग्रहण गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई मालामाल बनाउने भएको छ।

सीडीएससीले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट नेप्सेलाई १०० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश अनुमोदन गर्न सीडीएससीले यही पुस २८ गते १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको पुतलीसडकस्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले उक्त आर्थिक वर्षको लाभांश अनुमोदन गरेपछि नेप्सेले पाउनेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीषकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

हाल सीडीएससीमा नेप्सेमा सतप्रतिशत स्वामित्व रहेको छ। गत भदौ १ गते नेप्से सञ्चालक समितिको बैठकले सीडीएससीमा नेपाल सरकारको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेको थियो। सभाले नेप्सेको यो विशेष प्रस्ताव पारित गर्नेछ।

सभाबाट नेपालको सरकारको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेपछि सीडीएससीमा नेप्सेको ५१ प्रतिशत र अर्थ मन्त्रालयको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ। हाल सीडीएससीको चुक्तापुँजी ३० करोड रुपैयाँ रहेको छ।

यसका लागि सीडीएससीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS