IME Life New

नेप्सेमा ७ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ७ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, जीवन विकास लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुको बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्तको ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४।२५ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत र चिलिमेको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो।

समायोजनपश्चात कृषि विकास बैंकको शेयरमूल्य ३२४ रुपैयाँ १७ पैसा, मितेरीको ६३५ रुपैयाँ ३९ पैसा, महालक्ष्मीको ३७७ रुपैयाँ ६७ पैसा, छिमेकको ८६१ रुपैयाँ २० पैसा, आत्मनिर्भरको ५ हजार ७१५ रुपैयाँ ५४ पैसा, जीवन विकासको १ हजार ३७८ रुपैयाँ ७ पैसा र चिलिमेको ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ। समायोजित मूल्यलाई आधार मानेर भोली दास्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS