IME Life New

नेप्सेमा १ वर्षमा थप १४ कम्पनी सूचीकृत, कुन समूहको बजार हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पछिल्लो १ वर्षको अवधिमा थप १४ वटा कम्पनी सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार २०८१ साउन मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६८ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका छन्। २०८० साउनमा सूचीकृत कम्पनीको संख्या २५४ थियो।

Esewa
Crest

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ।

नेप्सेमा २०८१ साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ। समीक्षा अवधिमा रु. १ अर्ब ८३ करोडबराबरको थप बोनस शेयर सूचीकृत भएको छ।

२०८० साउन मसान्तमा २०३३.१४ रहेको नेप्से सूचकांक २०८१ साउन मसान्तमा ३०००.८१ कायम भएको छ। २०८१ साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४७ खर्ब ६५ अर्ब ९१ करोड कायम भएकोे छ। २०८० साउन मसान्तमा बजार पुँजीकरण रु. ३० खर्ब ४३ अर्ब १ करोड रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS