IME Life New

नेप्सेमा लाग्यो तेस्रो सकारात्मक सर्किट, शेयर कारोबार आजलाई स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज तेस्रो सकारात्मक सर्किट लागेपछि बाँकी समयको शेयर कारोबार स्थगित गरिएको छ।

बजारमा आज १२ः०९ मिनेटमा ६ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो। योसँगै आजको बाँकी समयावधिको शेयर कारोबार स्थगित गरिएको छ। यसअघि ११ः०५ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेको थियो। त्यसबेला कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजार पुनः ११ः२७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो।

Esewa
Crest

शेयर बजारमा करिब २ वर्षपछि यसरी लगातार सर्किट लागेर कारोबार स्थगित भएको हो।

बजारमा १११.२० अंकको उछाल आएको छ। योसँगै नेप्से परिसूचक १९६३.९८ को विन्दुमा बन्द भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । यो दिन जलविद्युत समूह सर्वाधिक ८.६३ प्रतिशतले बढेको छ । आज ४८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने माउन्टेन इनर्जीको सर्वाधिक ३ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शिवम पावर र कालिञ्चोक दर्शनका शेयरधनीहरु मालामाल भए। यी कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। अन्य ३० कम्पनीको शेयरभाउ पनि ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतको हाराहारीमा बढेका छन् ।

यो दिन उपकार लघुवित्तका शेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको शेयरभाउ ०.४२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS