IME Life New

नेप्सेमा बीमा कम्पनीको ३४.४%ले बढ्यो बजार पुँजीकरण, कुन समूहको कति हिस्सा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बैंकिङ सेक्टरबाहेक अन्य सबै क्षेत्रको बजार पुँजीकरण बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा ३४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष चैतसम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ३ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म बढेर ५ खर्ब ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

Esewa
Crest

यो एक वर्षको अवधिमा उत्पादन तथा प्रशोधन र होटेल समूहको लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। यी दुवैको बजार पुँजीकरण क्रमशः १०९.१ प्रतिशत र ५७.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष चैतसम्म उत्पादन तथा प्रशोधन समूह बजार पुँजीकरण १ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ खर्ब २९ अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने होटेल समूहको बजार पुँजीकरण ५८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

पछिल्लो एक वर्षको अवधिमा बजार पुँजीकरण विकास बैंकको ११.३ प्रतिशत, वित्त समूहको २२.१ प्रतिशत, लघुवित्त समूहको १२.७ प्रतिशत, व्यापार समूहको २८.६ प्रतिशत, लगानी समूहको २१.५ प्रतिशत, जलविद्युत समूहको १७.७ प्रतिशत र अन्य समूहको ३७.७ प्रतिशतले बढेको छ।

यो एक वर्षको अवधिमा बैंकिङ समूहको बजार पुँजीकरण भने १५.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष चैतसम्म बैंकिङ समूहको बजार पुँजीकरण ९ खर्ब ६८ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ८ खर्ब १७ अर्ब ९२ रुपैयाँमा खुम्चिएको छ।

पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण १४.२ प्रतिशतले बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष चैतसम्म नेप्सेको बजार पुँजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ थियो।

नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २५.५ प्रतिशत, विकास बैंक समूहको ४.५ प्रतिशत, फाइनान्स कम्पनी समूहको २ प्रतिशत, लघुवित्त समूहको ९.३ प्रतिशत, बीमा कम्पनी समूहको १५.७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ७.१ प्रतिशत, होटेल समूहको २.९ प्रतिशत, व्यापार समूहको ०.५ प्रतिशत, लगानी समूहको ७.३ प्रतिशत, जलविद्युत समूहको १४.९ प्रतिशत र अन्य समूहको १०.२ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS