IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र ग्रिंन भेन्चर्सको १० प्रतिशत बोनस समायोजन गरेको हो। समायोजनपश्चात सर्वोत्तमको शेयरमूल्य ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ग्रिन भेन्चर्सको ५१० रुपैयाँ ४५ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सर्वोत्तमको शेयर प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसा र ग्रिन भेन्चर्सको प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS