IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।

नआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ भने फर्स्ट माइक्रोफाइनान्सको ७३१ रुपैयाँ १९ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन एनआरएनको शेयर प्रतिकित्ता १ हजार १५० रुपैयाँ र फर्स्टको शेयर प्रतिकित्ता ७९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी दुई कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS