IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले मूलय समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लघुवित्तको शेयरमूल्य १ हजार ३५५ रुपैयाँ र ङादीको २८९ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा नेशनलको शेयर प्रतिकित्ता १ हजार ५४९ रुपैयाँ र ङादीको प्रतिकित्ता ४७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS