IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले आज बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन साहस उर्जाको ८ प्रतिशत बोनस, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनसको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात साहस उर्जाको शेयरमूल्य ४७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने सानिमा रिलायन्सको ४७२ रुपैयाँ ६३ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी स्टकहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा साहस उर्जाको शेयर प्रतिकित्ता ५१७ रुपैयाँ ५० पैसामा र सानिमा रिलायन्सको ५५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS