IME Life New

नेप्सेमा एक्कासी किन आयो दोहोरो अँकको हरियाली ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज बैशाख ३ गते दोश्रो बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २३ दशमलव ३३ अंकले वृद्धि हुँदै १२१२ दशमलव ०५ को विन्दुमा बन्द भएको छ। आज दिन भरमा ७४ करोड २७ लाख बराबरको शेयर किनबेच भएको छ।

आज सबै भन्दा धेरै वाणिज्य बैंकको उपसुच्कमा वृद्धि देखिएको छ। आज वाणिज्य बैंकको उपसुचक २ दशमलव ७८ प्रतिशतले वृद्धि भयो। आज लाईफ इन्स्योरेन्सको उपसुचकमा १ दशमलव ३४ प्रतिशत को वृद्धि देखियो भने नन लाइफ इन्स्योरेन्सको उपसुचक ० दशमलव ९ प्रतिशतले वृद्धि भयो।
वाणिज्य बैंकका कम्पनीमा आएको शेयर मूल्य वृद्धि नै आजको बजारको यति ठुलो वृद्धिको प्रमुख कारण रहेको छ।

आज सबै भन्दा धेरै एनएमबी बैंकको शेयर कारोवार भएको छ। बैंकको ६ करोड ८९ लाख बराबरको शेयर किनबेच भयो। त्यस्तै आज श्री इन्भेस्टमेन्ट फाईनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ६७ प्रतिसत कमाए भने युनिभर्सल पावरका शेयरधनीले सर्वाधिक ३ दशमलव २२ प्रतिशतले गुमाए ।
“गत वर्ष बैशाख महिनामा बजारले निकै राम्रो गति समातेको  थियो, त्यही मनोविज्ञान अहिले नी देखियो , वाणिज्य बैंकको शेयर मूल्य अण्डर भ्यालुड जोनमा रहेको र अहिले त्यही सेक्टरले राम्रो लक्षण देखाएको हुँदा बजार परिपक्क बन्दै गएको छ ” इन्स्योरेन्स खबर संग कुरा गर्दै एक लगानीकर्ताले भने।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS