IME Life New

नेप्सेमा आज कुन कम्पनीको शेयर मूल्य धेरै बढ्यो ? कसको घट्यो ? कुनमा लाग्यो सर्किट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज धेरै मूल्य बृद्धि भएका मुख्य तीन वटा कम्पनीहरु रहेका छन् । दुई वटा कम्पनीहरु जानकी फाईनान्स र किसान माईक्राफाइन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त दुई कम्पनीको शेयर मूल्य क्रमशः ९.९६ र ९.५० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै अर्को कम्पनी नारायणी विकास बैंकको शेयर मूल्य ७.९४ प्रतिशतले बृद्धि भएको छ ।

Esewa
Crest

त्यस्तै, राढी विद्युत कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा क्रमशः ५.१७ र ४.९९ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, सानिमा माई हाईड्रोपावर, युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ । त्यसैगरी, मिर्मिरे माईक्रो फाइनान्स, युनाईटेड फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ ।

त्यस्तै, सोमबार कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेनन् । नेशनल माईक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक धेरै प्रतिशतले घट्यो भने नेपाल फाईनान्स, एभरेष्ट बैंक, मल्टिपर्पस फाइनान्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी, बिजय लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, अजोड इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS