IME Life New

नेप्सेको सिइओको लागि ५ जना सर्ट लिष्टमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । उक्त समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्टमा पारेको छ ।

आवेदकहरूले पेश गरेको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको आधारमा उनिहरुलाई सर्ट लिस्टिङ गरिएको हो । छनोट समितिले ५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि पुस २५ गते आइतबार बोलाएको छ ।

Esewa
Crest

समितिले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दा ११ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी, केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त थिए ।

धितोपत्र बोर्ड र नेप्सेमा खालि रहेको प्रमुखहरुको एकै पटक आह्वान गरे पनि विवादका कारण धितोपत्र बोर्डको छनोट समितिका पदाधिकारीहरुलाई नै फेरबदल गरिएको थियो । छनोट समितिका पदाधिकारीको फेरबदल सँगै उक्त समितिले दोहोर्याएर पुनः आवेदन खुला गरेको छ ।

तर नेप्सेको हकमा भने यहि समितिले काम गरिरहेको छ । पुस २५ गतेको अन्तर्वाता पछि समितिले नयाँ नेतृत्व चयत गर्नेछ । सर्वोत्तम सिमेन्टको भित्रि कारोबार गरेको खुलासा पछि निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजिनामा दिए सँगै उक्त पद खालि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS