IME Life New

नेप्सेको वेबसाइटमा फेरि समस्या, लाइभ मार्केट हेर्न नपाउँदा लगानीकर्ता आक्रोशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा आज फेरि समस्या देखिएको छ। बजार चलिरहेको बेला वेबसाइट नचल्दा लगानीकर्ता आक्रोशित भएका छन्।

डिस्प्लेमा लाइभ मार्केट हेर्न नपाएपछि ब्रोकर हाउसहरुमा बसेका लगानीकर्ता आक्रोशित भएका हुन्। नेप्सेको वेबसाइट १२ बजेर १० मिनेटपछि चल्न छाडेको छ।

Esewa
Crest

नेप्सेको वेबसाइटमा बारम्बार समस्या आउँदा आजित भइसकेको लगानीकर्ता गोपीकृष्ण गजुरेलले बताए। ‘ब्रोकर हाउस आएर लाइभ मार्केट हेरेर कारोबार गर्छौं’, उनले भने, ‘नेप्सेको वेबसाइटमा भने पटक–पटक समस्या आउने गरेको छ। यस्तो संवेदनशील बजारमा नेप्सेबाट भएको हेल्चेक्राइँले निकै दुःख दिने गरेको छ।’

नेप्से प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक समस्या आएकोले नेप्सेको वेबसाइट नचलेको हुन सक्ने बताए। ‘हाम्रो आन्तरिक नभए सिंहदरबारभित्र रहेको डाटा सेन्टरमै समस्या आएको हुन सक्छ’, उनले भने, ‘प्राविधिकलाई खबर गर्छौं।’

वेबसाइट नचले पनि टीएमएसमा चलिरहेकोले कारोबार गर्न मिल्ने पराजुलीले बताए। ‘वेबसाइट नचल्दा लाइभ मार्केट हेर्नमात्रै समस्या हुने हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS