IME Life New

नेप्सेका १० ठूला कम्पनीमा वाणिज्य बैंकको वर्चश्व, कुन-कुन छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। बजार ३ दिन नै घटेको छ। यो साता नेप्सेले १११.७७ अंक गुमाएको छ। नेप्से परिसूचक २५७६.७६ मा बन्द भएको छ।

शेयर बजार घट्दा अधिकांश कम्पनीको शेयरभाउ घटेको छ। योसँगै ठूला १० कम्पनीको सूचीमा फेरबदल भएको छ। अहिले ठूला कम्पनीको सूचीमा वाणिज्य बैंकको वर्चश्व देखिन्छ। ठूला १० कम्पनीमा ५ वटा त वाणिज्य बैंक नै छन्।

Esewa
Crest

बुधबार अन्तिम कारोबार मूल्यअनुसार बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी बनेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ६९ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।

दोस्रोमा नबिल बैंक रहेको छ। नबिलको बजार पुँजीकरण १ खर्ब ५० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको छ।

यसैगरी तेस्रो ठूलो कम्पनी नागरिक लगानी कोष रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ३३ अर्ब ५७ करोड १७ लाख रुपैयाँ रहेको छ।

बजार पुँजीकरणका हिसाबले चौथो ठूलो कम्पनी नेपाल पुनर्बीमा कम्पनी रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ६ अर्ब ४ करोड ८७ लाख रुपैयाँ रहेको छ।

यसैगरी ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंक क्रमशः पाँचौँ र छैटौँ ठूला कम्पनी हुन्। ग्लोबल आइएमईको बजार पुँजीकरण ८६ अर्ब २ करोड २६ लाख रुपैयाँ रहेको भने एभरेष्टको ८२ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ रहेको छ।

निजी क्षेत्रको लगानी रहेको अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स सातौँ ठूलो कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण ८२ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले क्रमशः आठौँ र नवौँ स्थानमा छन्। नेपाल इन्भेस्टमेन्ट मेगाको बजार पुँजीकरण ७८ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको छ भने एनआईसी एसियाको ६७ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एआईडीसीएल) १० औँ ठूलो कम्पनीका रुपमा स्थापित भएको छ। यो कम्पनीको बजार पुँजीकरण ६५ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS