IME Life New

नेपाल वायु सेवा निगमको अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायु सेवा निगममा रिक्त कार्यकारी अध्यक्ष पदमा सुशील घिमिरे नियुक्त भएका छन् । नेपाल सरकारले उनलाई आजदेखि लागू हुने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठले सो सम्बन्धमा निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

उनी पूर्व पर्यटन सचिव हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरिएका मदन खरेल निगमबाट बाहिरिएपछि घिमिरेलाई अध्यक्ष बनाइएको हो । नेपाल एयरलाइन्सले ल्याएको दुई वटा वाईड बडी जहाज मध्ये एउटा जहाज निजि क्षेत्रलाई भाडामा दिने उद्देश्यले सेटिङमा अध्यक्ष बनेका खरेलले सो योजना पूरा नहुँदै कोरोना महामारीका कारण सिंगो हवाई क्षेत्र अप्ठेरो अवस्थामा पर्न लागेपछि केही पहिला नै राजिनामा दिएर भागेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS