IME Life New

नेपाल ल्युब आयलले २००% हकप्रद ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयलले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले माघ २९ गते विशेष साधारणसभा डाकेको हो। सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद शेयर जारपछि प्राप्त पुँजीको उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रस्तावित हकप्रद स्वीकृतपश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यसअघि सञ्चालक समितिको बैठकमा एफपीओ वा हकप्रद जारी गरेर कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव लगिएको थियो। तर, बैठकले एफपीओअम्बन्धी प्रस्ताव खारेज गर्दै हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS