IME Life New

नेपाल ल्युब आयलको २५% लाभांश घोषणा, एजीएम आह्वान, एफपीओ पनि जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि चुक्तापुँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो २३ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा आउँदो असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले प्रिमियम मूल्यमा थप सर्वाजनिक निष्कासन (एफपीओ)को विशेष प्रस्ताव पनि पारित गर्नेछ। एफपीओबाट संकलित रकम उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको अधिकृत, जारी चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। त्यसपछि एफपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभामा कम्पनीको प्रबन्धक र प्रमुख कार्यकारी अधिकृतमा सञ्चालक करणकुमार चौधरीको नियुक्ति स्वीकृत गरी सरसुविधासम्बन्धी प्रस्तावबारे छलफल हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS