नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले सिन्धुलिका मृतक वीमित भीमबहादुर कार्कीकी श्रीमती ज्ञानु कार्कीलाई एकमुष्ट रकम ५१ लाख ६२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
विमित परिवार लाई आइतबार सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रमको आयोजनामा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।
गत कत्तिक १९ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएका कार्कीले सुरक्षित जीवन वीमा अन्तर्गत २५ लाख रकम बराबरको बीमा गराएका कम्पनीले जनाएको छ । कार्कीले बीमाङ्कको प्रथम किस्ता वापत १ लाख ८४ हजार ६ सय ४० रुपैँया कम्पनीलाई बुझाएका थिए ।
नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली उपशाखाका प्रमुख राजेश लुइटेलका अनुसार गाउँपालिकामा दुर्घटनामा परि मृत्यु भएका विमित कार्की लाई कम्पनीले बीमाङ्क रकम वापतको २५ लाख, दुर्घटना मृत्यु लाभ वापतको २५ लाख र वोनस रकम १ लाख ६२ हजार ५ सय रुपैँया गरी एकमुष्ट रकम रु. ५१ लाख ६२ हजार ५ सय रुपैँया हस्तान्तरण गरेको हो ।
















