IME Life New

नेपाल लाइफले टार्गेट पुरा गर्ने अभिकर्तालाई रारा भ्रमणमा लैजाने, यस्तो छ आकर्षक इन्सेन्टिभ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा टार्गेट पुरा गर्ने अभिकर्तालाई रारा घुमाउन लैजाने भएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमा शुल्कको आधारमा इन्सेन्टिभ रकम प्रदान गर्ने भएको हो ।

५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले ५०० रुपैयाँ पाउने छन् । ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले ‘नेपाल लाइफ विण्डचिटर’, एक लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले विण्डचिटर सहित १६२५ रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ आर्जन गर्ने विण्डचिटर सहित १६२५ र २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले विण्डचिटर सहित ३ हजार रुपैयाँ दिने छ ।

Esewa
Crest

२ लाख रुपैयाँ भन्दा माथि प्रत्येक थप एक लाख २५ हजार रुपैयाँ प्रथम बीमा शुल्कमा थप २५०० इन्सेन्टिभ दिइने कम्पनीले जनाएको छ । प्रथम बीमा शुल्क आर्जन १० लाख रुपैयाँ भन्दा माथि आर्जन गर्ने अभिकर्ताले ४ दिन तीन रात रारा भ्रमणमा जाने पाइने छ ।  नेपाल लाइफले प्रत्येक महिनामा फरक फरक इन्सेन्टिभ उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS