IME Life New

नेपाल रिपब्लिक मिडियाको आइपीओ हालसम्म कतिले भरे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरेको आइपीओ ९९ प्रतिशत विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आज जेठ २ गतेसम्म १२ हजार ४८० नेपालीहरूले ४ लाख ३० हजार ८१० कित्ता आईपीओ खरीद माग गरेका हुन् ।

कम्पनीले बैशाख ३१ गते आइतबारदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याएको थियो।

Crest

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न ल्याएको हो। लगानीकर्ताले कम्पनीको आइपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS