IME Life New

नेपाल मर्चेण्ट बैंकर संघको अन्तर कलेज हाजिरी जवाफको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्थाको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना गरेको हो । यहि क्रममा मिति २०८० असोज १९ गते हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागि भएका ३२ वटा कलेजका स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुको टोलि मध्यबाट काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेजहरु द्धितीय चरणका लागि छनौटमा पर्न सफल भएका छन्

द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि आउँदो असोज २१ गते आईतवारका दिन हुने सेमिफाइनलमा प्रतिस्पर्धा गरी विजय हुन सफल ४ वटा टोलि सोहि दिन हुने अन्तिम चरणको प्रतिस्पर्धामा सामेल हुनेछन् । विजय टोलिलाई आयोजकका तर्फवाट प्रथम पुरस्कार स्वरुप रु.१ लाख, द्धितीय पुरस्कार रु.५० हजार र तृतीय परस्कार रु.२५ हजार प्रदान गरिनेछ ।

Esewa
Crest

उक्त समारोहको अन्तिम दिन मिति २०८० असोज २१ गते आइतबारका दिन हाजिरी जवाफ कार्यक्रम समाप्त भए पश्चात नेपाल धितोपत्र बोर्ड तथा आयोजक संस्था एमबिएएनबाट संयुक्त रुपमा पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS