IME Life New

नेपाल बैंकले सीइओ पदका लागि आब्हान गर्यो दरखास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आब्हान गरेको छ । बैंकका तत्कालीन सीइओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त रहेको सिइओ पदमा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो ।

बैंकको सीइओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ । चार्टर्ड एकाउन्टेन्’सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीमा दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS