IME Life New

नेपाल बैंकले कति बनायो लाभांश दिने क्षमता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल बैंक लिमिटेड आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । कम्पनीको आर्थिक वर्ष ७६/७७ को वित्तिय विवरण अनुसार कम्पनीले २ अर्ब ५५ करोड खुद मुनाफा गरे पनि कम्पनीको वितरण योग्य मुनाफा भने २ अर्ब २१ करोड रहेको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ११ अर्ब २८ करोड रहेकोमा कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम शेयर संख्याले भाग गर्दा कम्पनीको लाभांश दिने क्षमता १९ दशमवल ५९ प्रतिशत देखिन्छ ।

Esewa
Crest

त्यस्तै बैंक सँग शेयर प्रिमियम शिर्षकमा १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।  सो रकम पनि बैंकले बोनस शेयर प्रयोजनार्थ प्रयोग गर्न सक्छ। कम्पनीको शेयर प्रिमियमलाई शेयर संख्याले भाग गर्दा १५ प्रतिशत आउँछ।

यसरी नेपालको पहिलो  बैंक नेपाल बैंकले वितरण योग्य मुनाफाबाट करिव २० प्रतिशत र शेयर प्रिमियमबाट करिव १५ प्रतिशत गरी जम्मा ३५ प्रतिशत सम्म लाभांश दिने क्षमता बनाएको छ।

(उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण नहुन सक्छ, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS