IME Life New

नेपाल बङ्गलादेश क्यापिटलको साधारण सभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको कार्तिक १३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको दोश्रो वार्षिक साधारण सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।

Esewa
Crest

त्यसैगरी, सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी विशेष प्रस्ताव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS