IME Life New

नेपाल बंगलादेश बैंकको २० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल बंगलादेश बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ १० गतेदेखि २० लाख युनिट (इकाई) ऋणपत्र खुला गरेको थियो । यसमध्ये सामूहिक लगानी कोषलाई ४० हजार युनिट छुट्याइएको छ भने ७ लाख ६० हजार युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १२ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ ।

नेपाल बंगलादेश बैंकले ‘१० दशमलव २५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याज पाइने छ । ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

Crest

लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।

ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लगानी, १० प्रतिशत शाखा विस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ ।

नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS