IME Life New

नेपाल पेमेन्ट सोलुसन्स र प्राइम कमर्सियल बैंकबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राइम कमर्सियल बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओं र अभय रिजाल, सि बि ओ तथा बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले हस्ताक्षर गरे।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राइम बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

Esewa
Crest

नेपाल पेमेन्ट सोलुसन्स एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS