IME Life New

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ।

कम्पनीमा खुला प्रतियोगिताबाट सीईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। बीमा ऐन, २०७९ बमोजिम न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्नेछन्। यसका लागि २१ दिनभित्र दरखास्त दिन सकिनेछ।

Esewa
Crest

इच्छुकले दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (ई–मेल, टेलिफोन, मोबाइल नम्बर घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, उम्मेदवारले ५ हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना चार प्रति र कार्यविधिको अनुसूची–२ बमोजिमको दरखास्त र कार्यविधिको दफा ६ बमोजिमको स्वयं घोषणा गरेको हुनुपर्नेछ।

दरखास्त काठमाडौंको थापाथलीस्थित कम्पनीको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS