IME Life New

नेपाल टेलिकमको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार शेयरधनीलाई प्रतिशेयर नगद ३० रुपैयाँ (करसहित) वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। कम्पनीको साधारणस यही पुस २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS