IME Life New

नेपाल चेम्बर अफ कमर्सले विपद व्यवस्थापनमा सघाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।

परिषदका सभापति तथा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयहरुलाई परिपालना गरि सहयोग गर्ने प्रतिवद्धता जनाउने निर्णय गरेको छ ।

Esewa
Crest

“विपदको घडीमा उद्धार र राहतका निमित्त निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै क्षति न्यूनीकरणमा पनि सहकार्य गर्ने निर्णय भएको छ,” परिषदका सभापति मल्होत्राले भने, “नेपालीहरुको चाडपर्व पनि नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितहरुको सेवामा लाग्नुपर्ने अवस्था छ ।”

मल्होत्राका अनुसार अविरल वर्षाको कारणबाट राज्यमा भएको भौतिक एवं मानवीय क्षतिको एकीन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ ।

परिषद् बैठकमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललगायत सहभागी थिए ।

बैठकमा परिषदका सहसभापति कृष्णमान श्रेष्ठ तथा सदस्यहरु मृगेन्द्र मेहर श्रेष्ठ, सञ्जय अग्रवाल, रुपक राजवंशी, स्वरूपा श्रेष्ठ, मुकुन्द तिमिल्सिना, दिपक कुँवर, अमित अग्रवाल, तुलसी प्रसाद अधिकारी, अनिल मानन्धर, दिपक महर्जन, पूर्वउपरथी विज्ञान देव पाण्डे, जानकीराज भट्टराई, राजीव श्रेष्ठ, यादव अधिकारी, दिपक थापा लगायतको सहभागीता थियो ।

यसअघि विपद व्यवस्थापन परिषदमा मनोनित भएका सदस्यहरुलाई परिषदका सभापति मल्होत्राले स्वागत गरेका थिए । गृह मन्त्रालयबाट गठित विपद व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स हाल पदेन सदस्यको रुपमा रहेको छ ।

परिषदमा भने सवै क्षेत्रबाट प्रतिनिधित्व रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका पूर्व विशिष्ठ अधिकारीहरुसहित होटेल एवं पार्टी प्यालेश व्यवसायी, औषधि व्यवसायी, शिक्षा तथा खेलकूद, कृषि तथा वन, उपभोक्ता हित, इन्जिनियर एवं विविध क्षेत्रबाट सदस्य मनोनित गरिएको मल्होत्राले जानकारी दिए ।

परिषदका सदस्यहरुले राज्यको विपद घडीमा विपद व्यवस्थापनमा निजी क्षेत्रबाट सहयोग एवं सद्भाव जनाउने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS