IME Life New

नेपाल क्लियरिङ हाउस र आइएमई सोलुसनबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल क्लियरिङ हाउस र आइएमई डिजिटल सोलुसनबीच अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल आइपिएस सिस्टम) र अन्तर बैंक विद्युतीय भुक्तानी (कनेक्ट आइपिएस इ–पेमेन्ट सिस्टम) मा अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध हुने गरी सम्झौता भएको छ ।

Esewa
Crest

सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख संचालन अधिकृत निलेशमान सिंह प्रधान र आइएमई डिजिटल सोलुसनका प्रमुख संचालन अधिकृत डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै आइएमई पे मोबाइल वालेटमा सजिलै फण्ड लोड गर्न सकिन्छ।

कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हाल ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेको छ भने ३२ वटाले सेवा उपलब्ध गराइरहेका छन्। कम्पनीका अनुसार एनएचसिएल आइपीएस अन्तर्गत हाल ७५ वित्तिय संस्थाको ४२ सयभन्दा बढी शाखाहरु छन्।

आइएमई रुपले प्रवर्द्धन गरेको आइएमई डिजिटल सोलुसनको आइएमई पे मोवाइल वालेटमार्फत सेवाग्राहीले १५ हजारभन्दा बढी एजेन्टको सहयोग लिएर मर्चेन्ट भुक्तानी, बिल भुक्तानी, फण्ड ट्रान्सफर लगायतका सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS