IME Life New

नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको आठौ साधारण सभा सम्पन्न, सर्बसाधारण शेयरधनिबाट दुई संचालक निर्बाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः बुटवलमा केन्द्रिय कार्यालय रहेको क्षेत्रीय स्तरको बिकाश बैंक, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकले जेष्ठ १८ गते आफ्नो आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। रुपन्देहीको योगीकुटी स्थित दरबार लन प्रा.लि मा सम्पन्न सो साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले प्रस्ताब गरे अनुरुप ८.६१% बोनस शेयर तथा सो को कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश समेत पारित गरेको बैंकले जानकारी दिएको छ ।

साथै सो साधारणसभाबाट सर्बसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व गर्दै शालिकराम बेल्बासे र बिपिन पौडेल सर्बसम्मत निर्बाचित भएको जानकारी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिब भक्त बहादुर खड्काले दिनुभयो।


नेपाल राष्ट्र बैंकबाट तीन जिल्लाको लागि स्वीकृत प्राप्त बैंकको हाल १६ वटा शाखा संचालनमा रहेका छन्।  बैंकले हाल चितवन, नवलपरासी र रुपन्देहीमा बैंकिंग कारोबार संचालन गर्दै आएको छ। हाल बैंकको चुक्ता पुंजी ५२ करोड भन्दा बढी रहेको छ, राष्ट्र बैंकले तोकेअनुरुपको चुक्ता पुंजी पुगीसकेको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS