IME Life New

नेपाल उद्योग बाणिज्य महासंघको नेप्सेलाई ३० बुँदे सुझाव पेश, यस्ता छन् सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उध्योग वाणिज्य महासंघले पहिलो पटक पूँजी बजार फोरम गठन गरी नेपालको पूँजी बजारको सम्बर्द्धन, यसको विस्तार र विकासमा लागि नेपाल स्टक एक्सचेन्जलाई ३० बुँदे सुझाव पेश गरेको छ ।

नेपालको पूँजी बजारको सम्बर्द्धन, यसको विस्तार र विकासमा रहेका अप्ठ्याराको समाधानका साथै कानुनी सुधारका क्षेत्रको पहिचानसहित पूंजीबजारलाई क्रियाशील एवं भरपर्दो बनाउने उद्देश्यका सुझाव पत्र पेश गरिएको हो ।

Esewa
Crest

नेपाल उध्योग वाणिज्य महासंघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण विनियमावली समयानुकूल संशोधन गर्ने सुझाव दिएको छ ।

बजार मूल्यको आधारमा ‘टिक साइज’ निर्धारण गर्नुका साथै इन्ट्रा डे ट्रेडिङ शुरु गर्नु पर्ने सुजावमा उल्लेख छ। हकप्रदको निस्सा कारोबार गराउन महासंघले सुझाव दिएको छ । मार्जिन ट्रेडिङ सम्बन्धी नीतिमा रिस्क वेस लोन टु भ्यालुएसनको व्यवस्था गर्ने । वल्क डिल र बुल्क डिलको लागि छुट्टै विइन्डो को व्यवस्था गर्ने । सेक्युरिटि ल्याण्डिङ एण्ड बोरोइङ मेकानिजमको व्यवस्था गर्ने । ओटिसी बजारलाई विस्तार तथा अनलाइन गर्ने, सूचिकृत कम्पनीको संस्थापक शेयर किनवेच गर्नको लागि ओटिसी मार्फत गर्ने व्यवस्था मिलाउने, डेरिभेटिभ बजारको विकास गर्ने,  सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी नयाँ मानक इन्डेक्स बनाउने सुझाव दिएको छ ।

कुनै अर्थ नभएको सेन्सेटिभ इन्डेक्स खारेज गर्ने, शेयरको सेटलमेन्ट प्रक्रिया ब्रोकर व्याक अफिस मार्फत अटोमेटिक तरिकाले गर्नुपर्ने सुझाव दिइएको छ ।

एक्सचेन्जेज ट्रेडेड फण्डको व्यवस्था गर्ने, अक्सन मार्केट संचालनमा ल्याउने, भुक्तानी राफसाफ प्रत्याभूति कोषको आकार बढाई कार्यान्वयनमा ल्याउने, पूँजीबजारसम्बन्धि मूल्य संवेदनशील सूचना तथा डाटाको सहज पहुँच नेप्सेको वेवसाइटमा उपलव्ध गराउने सुझाव पेश गरिएको छ ।

ब्रोकरको टिएमएस, व्याक अफिस, आरएमएसलाई स्वचालित प्रणालीको रुपमा रुपान्तरण गर्ने, नेप्से,  सिडिएस र दलालले उपयोग गर्ने प्रणालीलाई एपिआइ मार्फत जोड्ने, दलाल कम्पनीलाई आफ्ने टिएमएस, व्याक अफिस र आरएमएस विकास गर्न दिने।

ब्रोकर व्याक अफिसलाई अनलाइन गरी लगानीकर्तालाई आफ्नो ट्रेड कन्फरमेसन, लेजर र होल्डिङ चेक गर्ने पाउने व्यवस्था गर्न पाउने। कुनै पनि कम्पनीले शेयर निर्गमन गर्न आवेदन दिनासाथ मस्यौदा विवरणपत्र कम्पनी, बिक्री प्रवन्धक बोर्ड र नेप्सेको वेवमा राख्नुपर्ने।

‍सूचीकरण सम्झौता पुरा नगर्ने संस्थाहरुको कारोबार निलम्वन गर्नुपूर्व कम्पनीलाई कम्तिमा १५ दिन अगाडी सूचना दिई सोको जानकारी नेप्सेको वेवसाइटमा राख्नुपर्ने ।

सूचीकरण सम्झौता  पुरा नगरेर कारोबार निलम्वन गर्नुपरेमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा संचालक समितिलाई वित्तिय तथा अन्य कारवाहीको व्यवस्था गर्नुपर्ने ।

मर्जर तथा प्राप्ती हुँदा कुनै पनि कम्पनीको कारोबार रोक्का नराख्ने । कुनै पनि दायित्व (आर्थिक) पूरा नगर्ने दलाललाई कारोबार गर्नबाट रोक लगाउनुको सट्टा कम्पनीका कार्यकारी प्रमुखलाई नगद जरिवाना गर्ने।

कारोबारको फ्लोरशिटमा दलाल नं. हटाउने। सब ब्रोकर अथोराइज जेन्ट, बजार विश्लेषक, बजारमा सक्रिय संस्थाका सम्बन्धित कर्मचारीलाई आवश्यक अनुसार तालिम र प्रमाणपत्र दिने व्यवस्था मिलाउने।

नेप्से र बोर्डले पूँजीबजारसम्बधि तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने र सो कार्यक्रम संचालनको लागि छुट्टै कोष खडा गर्नुपर्ने। सव ब्रोकर  र अथोराइज एजेन्टको नियुक्ति दलालको सिफारिसमा एक्सचेन्जले गर्ने व्यवस्था गर्न महासंघले सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS