IME Life New

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ बोर्ड गठन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएका छन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए ।
नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरुलाई नीतिगत सुझाव दिने मन्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिदै उनले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए ।
त्यस्तै,मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
स्टार्ट–अप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरुलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए ।   व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आवद्ध अग्रवाल टौरस फर्माका निर्देशक छन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय थिए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS