IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद भर्ने चैत २५ गते अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद सेयर भर्ने चैत्र २५ गते अन्तिम दिन हो । नेपाल इन्सुरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१।५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । १ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् ।हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Esewa
Crest

ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

कम्पनीकोे प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS