IME Life New

नेपाल इन्स्योरेन्सको नगद लाभांस समितिबाट अस्वीकृत, कर शेयरधनी आफैले तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बीमा समितिबाट अस्वीकृत भएको छ ।

बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश समितिबाट अस्वीकृत भएसँगै इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको भएको छ ।

Esewa
Crest

कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि ४० लाख २२ हजार ७७८ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको थियो ।

इन्स्योरेन्सको उक्त निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाइएकोमा समितिले नगद लाभांश भने वितरण गर्न नमिल्ने भन्दै फिर्ता पठाएको इन्स्योरेन्सले जनाएकोे छ ।

बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको असार २७ गते बसेको संचालक समिति बैठकले कर प्रयोजनका लागि विनियोजित नगद लाभांश रकम वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS