IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २.४३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका ९ जना संस्थापक शेयरधनीका नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन पाउनेछन्।

Esewa
Crest

खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर खातामा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS