IME Life New

नेपाल इन्जिन मर्मतकै लफडामा अल्झि रहँदा भुटानले अर्डर गर्‍यो पाँचवटा नयाँ एयर बस

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय ध्वजावाहक वायू सेवा कम्पनी नेपाल वायू सेवा निगम जहाजको इन्जिन मर्मतकै लफडामा अल्झि रहँदा छिमेकी मुलुक भुटानको सरकारी वायू सेवा कम्पनी रोयल भुटान एयरलाइन्सले पाँच वटा ठूला जहाज खरिदका लागि एयर बससँग सम्झौता गरेको छ।

ड्रुक एयर ब्राण्डमा भुटानबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भर्दै आएको भुटानी राष्ट्रिय ध्वजाबाहकले अन्तर्राष्ट्रिय उडान भर्नका लागि एयर बससँग तीनवटा ए३२०नियो र दुइवटा ए३२१ एक्सएलआर विमान खरिद सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। दुबै पक्षबीच भएको सम्झौताबारे सोमबार इङ्गल्याण्डमा शुरू भएको फर्नबरो अन्तर्राष्ट्रिय एयर शोमा घोषणा गरिएको एरोटाइम डट एरोले उल्लेख गरेको छ।

Crest

नेपालमा वायू सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल जम्मा दुईवटा विमान छ। यो दुईमध्ये पनि एउटा जहाज इन्जिन मर्मतको प्राविधिक समस्यालाई लिएर लामो समयदेखि नियमित उडान गर्न सकेको छैन । वायू सेवाको दुई मध्ये एउटा जहाज इन्जिन मर्मतका लागि हाल इटलीमा भएकाले एउटा जहाजको भरमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नु परेको छ।

ड्रुक एयरसँग हाल तीनवटा ए३१९एस र एउटा ए३२० सहित चारवटा एयरबस ए३२० सिरिजको विमान रहेको छ। यो वायूसेवाले राजधानी पारोको अन्तर्राष्ट्रिय विमानस्थल (पिबिएच) र नयाँ विमानस्थल गेलेफु माइन्डफुलनेस सिटी (जिएमसी) बाट उडान गर्ने योजना बनाएको छ। ड्रुक एयरले युरोप, दक्षिण पूर्व एशिया र अष्ट्रेलियामा आफ्नो हवाय सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।

एयर बसले नयाँ विमानको सुपुर्दगती सन् २०३० देखि शुरू गर्ने अपेक्षा गरिएको एयरबसले विज्ञप्तीमा उल्लेख गरेको छ।

ड्रुक एयर हाल राजधानी पारोबाट दक्षिण एशियाको पाकिस्तान र अफगानिस्तान बाहेकका पाँच देश सहित १० वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा निर्धारित उडान भरिरहेको छ। यो बाहेक तीनवटा आन्तरिक गन्तव्यमा पनि हवाई उडान सेवा सञ्चालन गरिरहेको छ।

‘हामी ड्रुक एयरको इतिहासमा यो नयाँ अध्याय शुरू गर्न रोमाञ्चित छौं, जो पूर्ण रूपमा गेलेफु माइन्डफुलनेस शहरको विकास र गेलेफु एयरपोर्टको विस्तारका लागि परिपुरक बन्नेछ। यी अत्याधुनिक विमानहरूमा हाम्रो लगानीले भुटानको समग्र र सजग विकासको दृष्टिकोणलाई समर्थन गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ’,ड्रुक एयरका प्रमुख कार्यकारी अधिकृत टान्डी वाङ्चुकले एक विज्ञप्तिमा भने।

ए३२१नियो एयरबसको सर्वाधिक बिक्री हुने ए३२० नियो परिवारको सबैभन्दा ठूलो सदस्य हो। युरोपेली विमान निर्माता एयरबसको दाबी छ कि ए३२१ नियोले अघिल्लो पुस्ताको सिंगल(आइसल एयरक्राफ्टको तुलनामा ५० प्रतिशत ध्वनी कटौति गर्ने र २० प्रतिशतभन्दा बढी इन्धन बचत गर्छ भन्ने दाबी एयरबसले गरेको छ । साथै कार्बन उत्सर्जन पनि कटौती गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS