IME Life New

नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाईबीच सम्झौता भएको छ । कलेज र उक्त इकाईबीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए।

Esewa
Crest

कार्यक्रममा स्थानीय सडक पुल इकाईका इन्जिनियर चुमन बाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा. तुसिता चाँदनी शाहिको पनि उपस्थिति थियो।

उक्त समझदारी लागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ।

साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधानहरू छन्। डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS