IME Life New

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सफलतापूर्वक काठमाडौंमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक राजेश काजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवाली लगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थिति थियो।

Esewa
Crest

कार्यक्रमको सुरुवात संघका महासचिव मनोज श्रेष्ठ भाडेलको स्वागत मन्तव्यद्वारा भएको थियो । नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै भने, “नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहँदै आएको छ । हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौं।”

११औं वार्षिक साधारण सभाको मुख्य आकर्षण नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूको सम्मान गरेका थिए । माननीय संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे लाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो। साथै, अशंक समसेर जंगबहादुर राणा लाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरिएको थियो ।

संघका अध्यक्ष संजय अग्रवालले आफ्नो धारणा मन्तव्यमा नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्राको चर्चा गरे, जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको थियो । उनले नेपाल–इटालीबीच छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, विशेष गरी १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको उनले स्मरण गरे । संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउँदै उनले भने, “हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रित छौ ।”

संघ आफ्नो विभिन्न पहलहरू मार्फत द्विपक्षीय व्यापार प्रवद्र्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । ११औं वार्षिक साधारण सभाको सफल समापन ले नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने अर्को महत्वपूर्ण उपलब्धि को संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS