IME Life New

नेपाल आर्थिक पत्रकार संघले गर्यो सदस्यहरुको दुर्घटना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २३५ जना सदस्यहरु तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो ।

बुधबार दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बीमा गराएको हो ।

Esewa
Crest

कुल बीमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र बहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष मेनुका कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरु विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरुको बीमा गराइएको बताइन् ।

‘फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन्’ अध्यक्ष कार्कीले भनिन्, ‘यसर्थ, नाफिजले आफ्ना सदस्यहरु कदम कदाचित कुनै खालको दुर्घटनामा परिहालेको खण्डमा त्यसको बहन गर्न दुई वटा निर्जीवन बीमा कम्पनीसँगको सहकार्यमा प्रति सदस्य ७ लाखका दरले सबै सदस्यहरुको बीमा गराएको हो । यो नाफिजको लागि ऐतिहासिक र गौरवको काम भएको छ ।’

नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष कार्कीको भनाई छ ।

बीमा सम्बन्धि सम्झौतापत्र आदान प्रदान कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बीमाले पत्रकारहरुको सुरक्षामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बीमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउँदै नाफिजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS