IME Life New

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टीतेलको नयाँ बिक्री मूल्य तोकेको छ। निगमका अनुसार पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल मट्टीतेल ४ रुपैयाँका दरले घटाएर नयाँ बिक्री मूल्य तय गरिएको छ।

काठमाडाै‌ं पोखरा र दिपायल डोटीको बजारमा पेट्रोलको मूल्य रु. १७० र डिजेलमट्टीतेलको मूल्य रु. १६० कायम गरिएको छ। यसैगरी चारआली विराटनगर जनकपुर अमलेखगञ्ज भलवारी नेपालगञ्ज धनगढी र वीरग‌ञ्जका उपभोक्ताले पेट्रोल र डिजेल प्रतिलिटर क्रमशः रु १६७।५० र रु १५७।५० का दरले खरिद गर्न पाउने भएका छन्। यसबाहेक सुर्खेत र दाङका उपभोक्ताले प्रतिलिटर १६९ र १५९ का दरले पेट्रोल र डिजल खरिद गर्न पाउनेछन् ।

Esewa
Crest

निगमले पेट्रोल र डिजलमट्टीतेलको प्रतिलिटर मूल्य अन्तर १० रुपैयाँ कायम गरेकाले पेट्रोलमा मट्टीतेलको मिसावटलाई प्रोत्साहन मिल्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS