IME Life New

नेपाली बीमा बजारको विश्वसनियता बढाउन अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुपर्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले “नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । उनले नेपाल बीमा प्राधिकरणद्वारा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्दै समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने बताए ।

Esewa
Crest

अध्यक्ष सिलवालले भने, “नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै दुविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।”

नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिकरूपले समाधान गर्दै जानुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS