IME Life New

नेपाली बजारमा टेस्ला एयर कन्डिसनरले तीन नयाँ मोडलका ए.सी. ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। टेस्ला एयर कन्डिसनर (फिलर)ले सेप्टेम्बरसम्ममा तीन नयाँ मोडलका ए.सी. ल्याउने भएको छ। भू–लक्ष्मि ग्रुप अन्तरगर्तको टेस्ला एयर कन्डिसनरले नेपाली बजारमा जापनीज कम्प्रेसरसहितको ए.सी. ल्याउने भएको हो।

कम्पनीका अनुसार आगामी सेप्टेम्बरमा आउने टेस्लाका मोडलमा काठमाडौं उत्पत्यकाका पर्यटकिय गन्तव्यको फोटोहरु राखिएका हुनेछन्।
जसले गर्दा टेस्ला ब्राण्डका प्रयोगकर्तालाई नेपाली ब्राण्डको अनुभुती दिने कम्पनीले बताएको छ।टेस्लाले बजारमा नेपाली ब्राण्डको ए.सी. बिक्री वितरण गर्दै आएको छ। टेस्लाले ल्याउने नयाँ मोडलका ए.सी.मा जडान हुने तारहरु १०० प्रतिशत तामाबाट बनेका हुनेछन्।
यस्तै, टेस्लाले ल्याउने ए.सी.मा तीन प्रकारका विषेशताहरु हुनेछन्।

Esewa
Crest

कम्पनीले ल्याउने यो मोडेलले कम उर्जा खपत गर्ने बताइएको छ। यसमा उर्जा खपतको अनुपात ३ः५३ रहेको छ। जस्ले यो मोडेल उर्जामैत्री भएको देखिन्छ। यस्तै, यो मोडेलको ए.सी. वातावरण अनुकुल रहेको समेत कम्पनीको भनाई छ।यो मोडेलमा अन्य ए. सी.मा जस्तो कोठाको तापक्रम ठिक हुनलाई आधा घन्टा पनि कुर्नुपर्ने छैन। यसको टुर्बो बिशेषताले कोठाको तापक्रमलाई तुरुन्तै ठिक गरिदिन्छ।
यो एसीमा स्वचालित पुनःसन्चालन समेत छ। यसको अर्थ जब एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ। यसको केही समयपछी यो एसीले कोठाको परिबर्तित तापक्रमअनुसार आफै काम गर्न थाल्छ।

त्यसैले कोठाको तापक्रम घटबढ हुँदा आफैले ए.सी. मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउने कम्पनीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS