IME Life New

नेपाली जलविद्युत गृहहरुबाट उत्पादन घटेसँगै भारतबाट बिजुली आयात शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिउँदमा जलविद्युत गृहहरुमा उत्पादन घट्न शुरु भएसँगै नेपाल विद्युत प्राधिकरणले जलविद्युतको भारत निर्यात बन्द गरेको छ । प्राधिकरणले शुक्रबार रातिदेखि निर्यात बन्द गर्दै आयात शुरु गरेको हो ।

हिउँदमा सुक्खालागेसँगै नदीको प्रवाहमा आधारित जलविद्युत आयोजना देखि लिएर जलाशयमा आधारित जलविद्युत आयोजनाको उत्पादनमा समेत गिरावट आउने भएकाले प्राधिकरणले निर्यात बन्द गर्नुपर्ने बाध्यता छ। यसबाहेक नेपालमा हिउँद माैसममा आन्तरिक उत्पादनको तुलनामा माग बढी हुने भएकाले माग र आपूर्तीबीच सन्तुलन कायम गर्नका लागि प्राधिकरणले छिमेकी मुलुक भारतबाट हिउँद माैसममा बिजुली आयात गर्दै आएको छ।

Esewa
Crest

यो वर्षको निर्यात गत जेठ २८ गतेबाट शुरु भएको थियो । मंसिर २० गतेसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ भित्र्याइएको प्राधिकरणले जानकारी दिएको छ ।  दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरिएको थियो ।भारतका लागि तय भएको विद्युत्‌को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा रह्यो । नेपालले ब‌ंगलादेशलाई भारतीय प्रशारण लाइन हुँदै ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झाैता समेत गरेको छ। यो सम्झाैतालाई ब‌ंगलादेश अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिई सकेकाले मन्त्री परिषदबाट स्वीकृत भएलगत्तै ब‌ंगलादेश निर्यातका लागि बाटो खुल्ला हुनेछ। ब‌ंगलादेशले वर्षातमा नेपालबाट बिजुली आयात र सुख्खा माैसममा नेपालमा निर्यात गर्ने सहमति भएको छ।

प्राधिकरणले विद्युतको भारत निर्यातबाट गत जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । साथै असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS