IME Life New

नेपालीको औसत आयू ७१.३ वर्ष पुग्दा पनि जीवन बीमाका लागि महँगो शुल्क तिर्न बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयू ७१.३ वर्ष पुगेको छ। कार्यालयका अनुसार औसत आयू पछिल्लो तीन दशकमा नेपालीको औसत आयू १७ वर्षले बढेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १२ वर्ष अघि २०६८ सालको जनगणनामा नेपालीको औसत आयू यो ६६ वर्ष ६ महिना रहेको थियो । यसैगरी २०५८ को जनगणनामा औसत आयू ६० वर्ष ४ महिना थियो भने २०४८ सालको जनगणनाका बेला औसत आयू ५४.३ वर्ष थियो। संयुक्त राष्ट्र संघका अनुसार सन् १९९४ मा  औसत आयू ५७.३५ वर्ष रहेकोमा सन् २०२४ मा आइपुग्दा ७१.९७ पुगेको छ। तीन दशकको अवधिमा ५.५ वर्षले औसत आयू बढेको छ।

Esewa
Crest

औसत आयू क्रमशः बढ्दै जाँदा जीवन बीमालेखको जोखिम गणनाका लागि अझै पनि स्वदेशी जीवन बीमकले  वर्ष पुरानो मृत्यु दर तालिकालाई नै आधार बनाई रहेका छन् । नेपालीको वास्तविक भन्दा निक्कै कम आयू उल्लेख गरिएको मृत्य दर तालिकालाई आधार मानेर जोखिम प्रक्षेपण गर्दा बीमितले अनावश्यकरूपमा महँगो बीमाशुल्क भुक्तानी गर्नु परिरहेको छ।

नेपाल बीमा प्राधिकरणले सन् २०६६ सालमा जारी गरिएको मृत्यु दर तालिका अझैसम्म पनि जीवन बीमा कम्पनीहरूका लागि कार्यान्वयनमा ल्याउन बाध्य छन् । यो तालिका अध्यावधिक गर्न ढिलो भइसकेको छ। प्राधिकरणले पछिल्लो पटक १२ असार २०७९ मा मृत्यु दर तालिका अध्यावधिक गर्ने भन्दै जीवन बीमकसँग अन्तरकृया समेत गरेको थियो ।

प्राधिकरणले यसअघि समितिले यसअघि २०७५ फागुनमै पनि जीवन बीमा कम्पनीहरुसँग मृत्यु दर तालिका अध्यावधिक गर्नको १९ वटै जीवन बीमा कम्पनीहरुसँग सन् २००९ देखि २०१९ सम्म पुरा १० वर्षको तथ्यांक मागेको थियो । बीमा कम्पनीहरुसँग समितिले मृत्यु दाबीको उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायत विस्तृत विवरण मागे पनि मृत्युदर तालिका बनाउने काम भएन ।

बीमितको मृत्युदर निश्चित उमेरमा बीमितको मृत्युको सम्भावनाको आधारमा मूल्याङ्कन गरिन्छ। पुनर्बीमामा, बीमाकर्ताले बीमाकर्ताको मृत्युदर तालिकालाई प्रीमियम दर निर्धारण गर्नको लागि मुख्य आधारको रूपमा पनि प्रयोग गर्दछ। मृत्युदर तालिकाले जन्मदेखि ९९ वर्षको उमेरसम्म कुनै पनि उमेरमा बीमितको मृत्युको सम्भावनालाई समेट्छ।

मृत्युदर तालिकाले निश्चित उमेरमा प्रति १ हजार बीमितको मृत्युको सम्भावित संख्या अनुमान गर्दछ। मानिसको उमेर बढ्दै जाँदा प्राकृतिक कारण, रोग वा दुर्घटना, पेशागत जोखिमका कारण मृत्यु हुने जोखिम पनि बढ्छ । उमेरसँगै जोखिम बढ्दै जाँदा स्वास्थ्य बीमा वा जीवन बीमाले पनि उमेरको आधारमा जीवन बीमाको प्रिमियम बढाउँछ।

मृत्यु दर तालिकालाई वास्तविकतामा आधारित रहेर परिमार्जन गरिएको अवस्थामा सस्तो बीमाशुल्कमा सर्वसाधारणलाई जीवन बीमाको सुविधा उपलब्ध गराउन संभव हुन्छ। यति मात्र नभएर पुरानो मृत्यु दर तालिकाको आधारमा नेपालीको औसत आयू थोरै देखिंदा पुनर्बीमा जोखिमवापत बाहिरिने पुनर्बीमाशुल्क पनि अनावश्यकरूपमा महगो पर्न गएको छ।

सरकारले बीमाको सुरक्षा छाताभित्र बढी भन्दा बढी जनसंख्यालाई समेटेर राज्यको भार कम गर्ने र पीडितलाई बीमाको माध्यमबाट नै उचित र पर्याप्त सुरक्षा प्रदान गर्ने नीतिलाई मृत्यु दर तालिका परिमार्जनले अप्रत्यक्षरूपमा सकारात्मक प्रभाव पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS